Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


चार लाख घरको पुनःनिमाण सम्पन्न, दुई लाख २८ हजार बन्दै


0
Shares

काठमाडौं, जेठ २९ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५९५ घरको पुनःनिर्माण सम्पन्न र दुई लाख २८ हजार ८८५ घर बन्दै गरेको जानकारी दिएको छ ।

राष्ट्रिसभाअन्तर्गत्को दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनःनिर्माण सम्पन्न गरेको, ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिएका हुन् ।

निजी आवास पुनःनिर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएका छन् ।

सरकारले निजी आवास पुनःनिर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार तेस्रो किस्तामा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्राधिकरणले अनुदान लिएका लाभग्राहीलाई छिटो घर पुनःनिर्माण थाल्न आग्रह गर्दै आएको जनाएको छ ।