
ओखलढुंगा । नेवारी समुदायले रातको समय पारेर लाखेजात्रा प्रदर्शन गरिरहेका छन् ।
दिउँसो लाखेजात्रा निकाल्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै रातको समयमा लाखेजात्रा प्रदर्शन गरिरहेको बताइएको छ ।
अघिल्ला वर्षहरुमा श्रावण कृष्ण चतुर्दशीदेखि भाद्र कृष्ण अष्टमीसम्म हरेक दिनजसो निकालिने लाखेजात्रा यसवर्ष भने संस्कृति जोगाउने हिसाबले मात्रै रातको समय पारेर निकालिएको जनहित गुठीका अध्यक्ष ध्रुव राजभण्डारीले जानकारी दिनुभयो ।
यसवर्ष कोरोनाका कारण बजार क्षेत्रमा हिँड्नेको चहलपहल कम हुँदै गएपछि राति ९ बजेपछि कहिलेकाहीँ मात्रै लाखेजात्रा निकालिने गरिएको छ ।
जनहित गुठी र पारस्पारिक सेवा अनुष्ठान गुठीले निकाल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्