१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


प्रियंका र आयुष्मानको इन्गेजमेन्ट !


0
Shares

काठमाडौं, असार ३१ । चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् ।

विगत दुई बर्ष यतादेखि प्रेममा रहेका यी जोडीले विहे गर्ने पक्कापक्की गरेको खबरहरु सार्वजनिक भएको छ ।

बाहिर चर्चा नै नगरी पारिवारिक रुपमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन ।

आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा तस्विरहरु शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् ।

‘कथा काठमाण्डु’ को छायांकनको समयदेखि प्रेममा परेको बताउँदै आएका यी जोडीले मिडियामा पनि निर्धक्क प्रेममा रहेको बताउँदै आएका थिए ।

इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । यद्यपी, विवाहरुको मिति भने सार्वजनिक गरिएको छैन ।