 
	    काठमाडौं । चर्चित क्लबहरु म्यान्चेस्टर युनाईटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
गएराती भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियाको लास्कलाई २–१ ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा उक्लेको हो ।
पहिलो लेगमा ५–० को जित निकालेको म्यान्चेस्टर युनाईटेडले हिजोको जितपछि समग्रमा खेल ७–१ ले आफ्नो पक्षमा पार्यो ।
गएराती स्पेनको गेटाफेलाई २–० ले हराउँदै इटालीको इन्टर मिलान पनि क्वाटरफाईनलमा पुगेको छ ।
गएरातीका अन्य खेलहरुमा जर्मनीको वुल्फवर्गलाई ३–० ले हराउँदै युक्रेनको शख्तर डोनेत्स्क तथा टर्कीको इस्तानबुल बासाक्सेरलाई ३–० ले पाखा लगाउँदै डेनमार्कको एफ.सी कोपनहेगन पनि क्वाटरफाईनलमा उक्लिएका छन् । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्