 
	    काठमाडौं, साउन २१ । भारतको अयोध्यालाई ‘साकेत’ घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुप्रति नेपालका बौद्धहरुले ऐक्यबद्धता जनाएका छन् ।
साकेत मुक्ति सरोकार समूह नेपालले बुधबार काठमाडौंस्थित भारतीय दूतावासमार्फत् भारतीय सरकारको ध्यानाकर्षण गराएको हो ।
विभिन्न बौद्ध संघ–संस्था र बौद्धमार्गीहरुको सो समूहले दूतावासअगाडि धर्नासमेत दिएको थियो ।
भारतको अयोध्या राम जन्मभूमि नभएको, अयोध्या प्राचीन बौद्धनगर साकेत भएको उनीहरुको दाबी छ ।
हाल प्राप्त भएको प्राचीन पुरातात्विक बौद्ध सामग्री युनेस्कोको संलग्नतामा सार्वजनिक गर्न र संग्रहालय निर्माण गरी राष्ट्रिय स्मारक घोषणा गर्न माग गरिरहेका उनीहरुले भारतीय बौद्धहरुप्रति पूर्ण समर्थन रहेको जनाएका छन् ।
साकेत नगरी राम मन्दिर बनाउन जमिन समतलीकरण गर्दा बौद्धधर्मसम्बन्धी फेलापरेका पुरातात्विक सामग्रीहरु सार्वजनिक नगरेकोप्रति पनि उनीहरुले आपत्ति जनाउँदै आएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्