नर्वेमा पानी जहाजमा यात्रा गरिरहेका ४१ जनामा कोरोना संक्रमण • Image Khabar Image Khabar


नर्वेमा पानी जहाजमा यात्रा गरिरहेका ४१ जनामा कोरोना संक्रमण


Imagekhabar
२० श्रावण २०७७, मंगलवार ०७:५७

नर्वेमा पानी जहाजमा यात्रा गरिरहेका ४१ जनामा कोरोना संक्रमण

काठमाडौं । युरोपियन मुलुक नर्वेमा पानी जहाजमा यात्रा गरिरहेका ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

जहाजका ३२ जना चालक दलका सदश्य सहित ४१ जनालाई संक्रमण पुष्टि भएपछि सबैलाई क्वारेन्टिनमा राखिएको छ ।

अन्य याुत्रहरुको परिक्षणको रिपोर्ट आउन बाँकी छ । एमएस रोल्ड आमुड्नसेन ननाको सो पानीजहाज नर्वेको उत्तरी क्षेत्रमा रहेको ट्रोम्सो बन्दरगाह तर्फ जाँदै थियो ।

यात्रुहरुमा कोरोना संक्रमण पुष्टि भएपछी नर्वेको सबै क्रुज सेवा १४ दिनका लागि बन्द गरिएको छ ।

संक्रमण पुष्टि भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ । सो पानीजहाजमा १ सय ८० जना यात्रु रहेको बुझिएको छ ।

यद्दपी, सो पानीजहाजबाट हालै यात्रा गरेका यात्रुहरुको बिवरण भने संकलन नगरिएका कारण संक्रमण फैलन सक्ने खतरा औंल्याइएको छ ।

नर्वेमा कोराना भाइरसका कारण हालसम्म २ सय ५६ जनाको मृत्यु भइसकेको छ भने ९ हजार ३ सय बढी संक्रमित छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्