कोरोनाले निराश भएकालाई उत्प्रेरण दिने गीत ‘बाउन्स ब्याक’(भिडियो) • Image Khabar Image Khabar


कोरोनाले निराश भएकालाई उत्प्रेरण दिने गीत ‘बाउन्स ब्याक’(भिडियो)


Imagekhabar
१९ श्रावण २०७७, सोमबार ०७:५१

कोरोनाले निराश भएकालाई उत्प्रेरण दिने गीत ‘बाउन्स ब्याक’(भिडियो)

काठमाडौं । निराश संगीतप्रेमीलाई उत्प्रेरणा दिने उदेश्यले गायक सविन भट्टराई र बिमल गौतमले र्‍याप गीत सार्वजनिक गरेका छन् । उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’ को भिडियो सार्वजनिक भएको हो ।

सविन भट्टराईकै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतको भिडियो सिङ्गर झुमा निरौला नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सविनले यस अघि आफ्नै शब्द र स्वरमा बजारमा ल्याएको ‘इस तलाई भोट’ बोलको र्‍याप गीतले पनि चर्चा पाएको थियो ।

सो गीत गत चुनाव नजिकै रिलिज भएको र बिभिन्न ब्यक्तिबाट आफुलाई गीत हटाउन दवाब समेत आएको उनको भनाइ छ । तर यस पटक भने आलोचनात्मक भन्दा पनि अलि फरक उर्जाशिल सृजना रहेको गायक भट्टराईले बताए ।

आफ्नो पहिलेको गीतमा जस्तै ‘बाउन्स ब्याक’ लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको सविनले बताए ।

गीतको भाव जीवन उपयागी, उत्प्रेरणा तथा उर्जाशील रहेको दावी गरिएको छ । गीतले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड –१९) ले निराश भएका मानिसहरुलाई उत्प्रेरणा प्रदान गर्ने समेत उनको दावी छ ।

एनिमेसन तथा ग्राफिक्स डिजाईन द्वारा तयार गरिएको यस भिडियोको भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरी, निर्देशन नारायण तिमल्सिना गोर्खालीले गरेका हुन् भने मिसन ईन्टरटेनमेन्ट प्रालिले प्रोडक्सन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्