
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-११ मेलम्ची बजारमा पहिरो जाँदा आठ जना बेपत्ता भएका छन् ।
गएराति करिब २ बजेतिर माथिबाट खसेको पहिरोले पुरिएर कभर्ड हल निर्माणका लागि टहरो हालेर बसेका आठ मजदुर पुरिएर बेपत्ता भएका हुन् ।
नौ मध्ये एक जनाको राति नै जिवितै उद्धार गरिएपनि बाँकी आठ जना अहिलेसम्म बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
बज्र निर्माण सेवा अन्तर्गत उनीहरु कभर्डहल निर्माणका लागि आएका कामदार थिए । दुई जना भारतीय र बाँकी ६ जना नेपालकै तराइका भएको बताइएको छ ।
अहिले उनीहरुको स्काभेटर लगाएर खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्