
काठमाडौं, साउन १८ । आइतबार काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो समय यता काठमाडौं उपत्यकामा संक्रमितको संख्या लगातार देखिन थालेको छ ।
संक्रमणको जोखिम उपत्यकामा बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्