Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


कारागारबाट फरार कैदी पक्राउ


0
Shares

हेटौंडा, साउन १८ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार रहेका कैदीलाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भोगिरहेका गत वर्ष २०७६ कार्तिक ३० गते भीमफेदी कारागारबाट फरार भएका कैदी सुनसरी रामधुनी नगरपालिका–७ का २५ वर्षीय कुलदीप राज धामीलाई पुर्वी नवलपरासीको देवचुली नगरपालिका– १६ रजहरस्थित पुल छेउबाट पक्राउ प्रहरीले गरेको हो ।

धामीले २०७१ पुस महिनामा चितवनका २१ वर्षीय रोजिन गुरुङलाई हत्या गरेको अभियोगमा चितवन जिल्ला अदालतबाट २० वर्षको जेल सजाय तोकिएको थियो ।