सुनको भाउले तोलाको एक लाख रुपैयाँ छुनै लाग्यो - Image Khabar
Everest Bank

सुनको भाउले तोलाको एक लाख रुपैयाँ छुनै लाग्यो

Gold price hike nepal

काठमाडौं, साउन १८ । सुनको भाउ ह्वात्तै बढेर आकाशिएको छ । सुनको भाउले तोलामा एक लाख रुपैयाँ छुनै लागेको छ ।

एक तोला सुन किन्न एक लाख रुपैयाँ दिँदा पसलेले अब तपाईलार्ई चार सय रुपैयाँ मात्र फिर्ता दिनेछ । अर्थात् सुनको भाउ ९९ हजार ६ सय पुगेको छ ।

अघिल्लो दिनको तुलनामा आइतबार ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो ।

तेजाबी सुनको भाउ ९९ हजार एक सय ६० रुपैयाँ तोकिँदा चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्