
बर्दिया । हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट कर्णाली पुल वर्षाका कारण उच्च जोखिममा परेको छ ।
कर्णाली नदीको पानीको वहावले पुलको पूर्वी क्षेत्र बर्दियातर्फ निरन्तर दवाव दिँदा ढुङ्गाको ग्याविन जाली भासिएर पुल उच्च जोखिममा परेको हो ।
तीन वर्ष अघिदेखि नै पुलको पूर्वतर्फको किनारमा ठूलो प्वाल परेपनि टालटुल गरेकाले वर्र्षेनी उच्च जोखिममा पर्ने गरेको छ ।
५ नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पुलको बर्दियातर्फको अन्तिम पिल्लरसँगै बनाइएको तारजालीसहित तटबन्ध वर्षेनी भाँसिदै गएको छ ।
पुल निर्माण सम्पन्न भएको एक वर्षपछि नै तारजाली भाँसिन सुरु भएको स्थानीयले बताएका छन् ।
रसुवा कन्स्ट्रक्सन प्रालिले ६ वर्षअघि समयावधी भन्दा झण्डैं नौ महिना अगाडि निर्माण सम्पन्न गरेको उक्त पुलको किनारमा ठूलाठूला प्वालहरु परेपनि यसअघि मर्मत गर्दै आएको थियो ।
२०७५ साल यता निर्माण कम्पनीले मर्मत गर्ने समय सकिएसँगै यस वर्ष पुलमा परेका प्वाल जस्ताका त्यस्तै छन् ।
प्रतिक्रिया दिनुहोस्