‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन गर्न जरुरी : उपप्रधानमन्त्री पोखरेल • Image Khabar Image Khabar


‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन गर्न जरुरी : उपप्रधानमन्त्री पोखरेल


Imagekhabar
१६ श्रावण २०७७, शुक्रबार १८:०४

‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन गर्न जरुरी : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, साउन १६ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न शुक्रबार आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताउनुभयो ।

अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर अगाडि बढ्नुपर्ने रहेको उल्लेख गर्दै उहाँले व्यवहार, सोच र योजना बेला–बेला अपडेटेड नहुँदा समस्या भएको टिप्पणी गर्नुभयो ।

हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति हुन नसकेको बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उहाँले बताउनुभयो ।

आयोजनाहरुको काम अगाडि बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उहाँले बताउनुभयो ।

शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालयका सचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रमसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

यस्तै, प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा नेपाली सेनाअन्तर्गत् कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरुसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्