Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


चलचित्र ‘कीर्तिपुर’ को टिजर सार्वजनिक, असार १३ गतेदेखि देशभर प्रदर्शन


0
Shares

काठमाडौं । नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मीको अफिसियल टिजर यूट्युबमार्फत सार्वजनिक गरिएको छ ।

असार १३ गतेदेखि देशभरका सिनेमा हलमा लाग्ने चलचित्रको टिजरलाई ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । प्रदीप खड्गी यस चलचित्रका निर्देशक हुन् ।

‘ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो । आफु कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रकरण गर्न सफल भएकोमा उत्साही छु, चलचित्रका निर्देशक खड्गीको भनाइ छ ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ मा विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा निर्माण्ँ गरिएको चलचित्र हो ।

कला निर्देशक केके माननधरका अनुसार चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो ।

पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक चलचित्र निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ ।

तत्कालिन अवस्थाको पुरानै शैली यो चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी चलचित्रमा आवद्ध भएर काम गर्दै आएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गरेका छन् ।

चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् ।

चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायाकन गरेका हुन ।

निर्देशक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो चलचित्रलाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन ।

राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउँछन् ।