Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘बोली महंगो’ मा एसबीलाई मेलिना राईको साथ


0
Shares

काठमाडौं । संचारकर्मी एवम् गायक एसबी साउँदले मेलिना राईसँग मिलेर नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

साउँदकै शब्द/संगीतमा ‘बोली मंहगो’ बोलको गीत तयार भएको हो ।

पुतलीसडकस्थित एवन् म्यूजिक स्टुडियोमा गीत रेकर्डपछि गायक साउँदले आफुले युवा पुस्ताका श्रोतालाई मध्यनजर गरेरै यो गीत रकर्ड गरेको जानकारी दिए ।

उनको यस गीतमा मायलुलाई फकाउन हम्मेहम्मे परेको कथा लुकेको छ । केही हप्तामै गीत भिडियोसहित युट्यूबमा सार्वजनिक गर्ने उनले बताए ।

कैलालीको टीकापुरका स्थायी बासिन्दा साउँद सन् २०१३ देखि औपचारिक गायनमा पनि सक्रिय छन् । सबै विधाका गीत रुचाउने उनले चलचित्रको पाश्र्व गायनमा विशेष रुची राख्छन् ।

उनका आफ्नै शब्द, संगीतमा ४ र अन्य गरि ६ ओटा गीत रेकर्ड भइसकेका छन् । 

उनी हाल अनामनगरस्थित रेडियो मिर्मिरे तथा शुभदिन डटकममा समाचार सम्पादककारुपमा कार्यरत छन् ।