३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


उदयपुरमा दुई जनामा कोरोना पुष्टि, रामपुर बजार ‘सिल’


0
Shares

उदयपुर । बेलकका नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । बेलका नगरपालिका ९ रामपुर बजार क्षेत्रमा ३५ बर्षिया महिला र २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

दुबैजनाको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट पिसिआर परिक्षण गरीएको थियो ।

बेलका नगरपालिका र स्थानीय प्रसाशनले रामपुुर बजार र आसपासका क्षेत्रमा सिल गरेको छ । प्रशासनले अत्यावश्यक काम वाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।