Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


असार १४ मा धौलागिरीका श्रष्टाहरुलाई सम्मान गरिने


0
Shares

काठमाडौं । धौलागिरी सांस्कृतिक समिति काठमाडौ नेपालले धौलागिरी क्षेत्रका श्रष्टाहरुको सम्मान गर्ने भएको छ ।

‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन’ भन्ने मुल नाराका साथ समितिले हाँस्यकलाकार कलाकार मदनकृष्ण श्रेष्ठ, सङ्गीतकार शम्भुजित बास्कोटालगायतको उपस्थितिमा भब्य सम्मान कार्यक्रम गर्न लागेको हो ।

आउँदो २०७६ असार १४ गते डेलिस ओपेरा ब्याङ्ग्केट बालुवाटार काठमाडौंमा ‘श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम’को आयोजना हुने समिति अध्यक्ष कृष्ण समीप सुवेदीले बताए ।

कार्यक्रममा धौलागिरी क्षेत्रबाट लामो समय देखि नेपाली गीत सङ्गीतमा रही योगदान पुर्याएका कलाकारलाई सम्मान गरिने अध्यक्ष समिपले जानकारी दिए ।

यसबर्ष देखि समितिले हरेक बर्ष ‘धौलागिरी साधना सम्मान’ र ‘धौलागिरी युवा सम्मान’बाट कलाकारलाई सम्मानित गर्ने समितिले घोषणा गरेको पनि उनले बताए ।

यो बर्षको ‘धौलागिरी साधना सम्मान’ का लागि गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई सम्मानित गरिने बताइएको छ भने ‘धौलागिरी युवा सम्मान’बाट अहिलेको चर्चित् गीत ‘सालको पातको टपरी’ गीतका लागि गायक कुलेन्द्र बिश्वकर्मा, सङ्गीतकार वसन्त थापा र गीतकार नबराज पन्त लाई सम्मानित गरिने जनाइएको छ ।

धौलागिरी क्षेत्र बाहिरबाट एक चर्चित कलाकारलाई ‘धौलागिरी राष्ट्रिय सम्मान’ र धौलागिरी क्षेत्र भित्रैबाट एक जनालाई ‘धौलागिरी बिशेष सम्मान’ प्रदान कार्यक्रम पनि रहेको छ भने कार्यक्रमको दिन नै उक्त सम्मानको घोषणा तथा बितरण हुने बताइएको छ ।

कार्यक्रमबाट ‘गण्डकी सभ्यता बचाउ’ अभियानमा समेत सकारत्मक प्रभाब पार्ने आंकलन गरिएको छ ।

उक्त कार्यक्रममा सम्मानसँगै बहुचर्चित राष्ट्रिय कलाकारको प्रस्तुती रहने पनि जनाइएको छ । धान दिवसको पूर्वसन्ध्यामा हुन लागेको दही चिउरा खुवाइने कार्यक्रम पनि राखिएको छ ।