सुनको मोलले आकाश छोयो, तोलाकै एक लाखनजिक • Image Khabar Image Khabar


सुनको मोलले आकाश छोयो, तोलाकै एक लाखनजिक


Imagekhabar
१५ श्रावण २०७७, बिहीबार ११:५१

Gold price hike nepal

काठमाडौं, साउन १५ । नेपाली बजारमा सुनको मोलले आकाश छोएको छ । आमसर्वसाधारणका लागि सुन लगाउने होइन हेर्ने धातुका रुपमा मात्रै सीमित हुने अवस्था देखिँदैछ ।

एक तोला सुनकै मूल्य एक लाख नजिक पुग्दा सामान्य आय भएकाहरुले जिब्रो काढ्नु पर्ने अवस्था भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेसँगै तोलाको मोल एक लाख छुन लागेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ भने प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्