
काठमाडौं, असार ३० । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडमा शनिबार बा७ख ९४७५ नम्बरको टिपरले ठक्कर दिँदा बा९६प ४९११ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय अनुजा घिमिरेको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते घिमिरेको उपचारकाक्रममा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको जानकारी दिए ।
मोटरसाइकल चालक २६ वर्षीय अनुज घिमिरे भने घाइते भएका छन् ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्