कांग्रेस नेता पौडेलसंग चिनियाँ राजदूतको भेट • Image Khabar Image Khabar


कांग्रेस नेता पौडेलसंग चिनियाँ राजदूतको भेट


Imagekhabar
१३ श्रावण २०७७, मंगलवार १५:५७

कांग्रेस नेता पौडेलसंग चिनियाँ राजदूतको भेट

काठमाडौं, साउन १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा मंगलबार उहाँहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६३औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा उहाँहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्