घरमा छुचुन्द्रोले दुःख दियो ? यसो गर्नुस् - Image Khabar
Everest Bank

घरमा छुचुन्द्रोले दुःख दियो ? यसो गर्नुस्

chhuchundro rat

काठमाडौं, साउन १३। छुचुन्द्रो विश्वभर पाइने जीव हो । छुचुन्द्रोका ३० प्रजाति रहेको मानिन्छ । छुचुन्द्रो मुसा जस्तै लामो थुतुनो भएको प्राणी हो । छुचुन्द्रो सेतो, खैरो, कालो एवम् माटो रङका हुने गर्छन् । यसको जीउबाट एक प्रकारको दुर्गन्ध आउने गर्दछ ।

यस जीव प्रायः जमिनमुनि रहने गर्दछ । समथर र लचिलो माटो पाएमा यसले २०० मिटर गहिरो सुरुङसम्म खन्न सक्दछ । छुचुन्द्रो त्यस्ता भोक्कड जीवहरूमध्ये एक हो जो १२ घण्टासम्म केही खान पाएन भने भोककै कारण मर्छ ।

अन्नबाली खान नपाएको खण्डमा यस जीवले मुसा र सर्पलाई समेत आफ्नो आहार बनाउने गर्दछ । लाटोकोसेरोबाहेक अरु कुनै पनि जीवले यसलाई खाँदैन ।

घरमा छुचुन्द्रा आयो भने मार्नुहुन्न भन्ने हिन्दू धार्मिक विश्वास रहेको छ । यसलाई मारेमा घरबाट लक्ष्मी हट्ने मान्यता रहेको छ । घरमा छुचुन्द्रो हुँदाको फाइदा र बेफाइदा पनि छन् ।

फाइदाः

१. मानिन्छ कि छुचुन्द्रो यदि तपाइको वरिपरि घुम्दछ भने तपाइको भविष्यमा सुख चयन प्राप्त हुँदैछ ।

२. छुचुन्द्रो घरको वरिपरि घुमिरहेको छ भने घर सुरक्षित छ, कुनै बाधाअड्चनहरु देखिने छैनन् ।

३. प्रायः हरेकको घरमा दिनहुँ जसो छुचुन्द्रो देख्न सकिन्छ तर दीपावलीको दिन देखिनुलाई शुभ सङ्केत मानिन्छ । यस दिन दीपावली पश्चात् छुचुन्द्रो देखिनुले घरमा लक्ष्मीको वास भइसक्यो र जीवनमा कहिले आर्थिक सङ्कट पर्नेछैन भन्ने मान्यता छ ।

४. जुन घरमा छुचुन्द्रोको नियमित आउने जाने भइरहन्छ, त्यस घरमा लक्ष्मीको वास हुनेछ । तर सफा घरहरूमा भने छुचुन्द्रो कमै देखिन्छ ।

५. जहाँ छुचुन्द्रो हुन्छ, त्यहाँ मुसा, सर्प, माकुरा तथा अन्य किटपतंगको नामोनिशान रहँदैन ।

६. छुचुन्द्रो रहेको ठाउँमा विभिन्न हानिकारक ब्याक्टेरिया जीवित रहन सक्दैन ।

बेफाइदाः

१. छुचुन्द्रोको थुकमा विषालु सर्पहरूमा पाइने जस्तै विष हुने गर्दछ । यदि छुचुन्द्रोले तपाइको शरीरको कुनै पनि भागमा थुकिदियो भने त्यस अङ्ग लाटो हुनेछ । यदि छुचुन्द्रोले तपाइको टाउकोमा थुकिदियो भने तपाइको त्यस भागको कपाल सधैँको लागि हराउनेछ । यसकारण छुचुन्द्रो ओछ्यानको आसपास हुनु खतरनाक मानिन्छ ।

२. यदि तपाइको घरमा छुचुन्द्रो छ भने त्यसले खानेकुरा खराब बनाइदिन्छ । छुचुन्द्रोले छोएका खानेकुराहरू विषालु हुन्छ । यसैले खानेकुराहरू छोपेर राख्नु उत्तम हुनेछ ।

३. छुचुन्द्रोले ससाना बच्चालाई टोकेमा बच्चा बेहोस भएर लड्न सक्छन् । छुचुन्द्रोले टोकेको खण्डमा मानिस वा अन्य जीवले केही कुरा पनि ठीकसँग सोच्न नसक्ने डाक्टरहरू बताउँछन् । छुचुन्द्रोले टोक्दा मस्तिष्क अचेत हुन सक्छ । यसबाट जीवहरूलाई रिँगटा चल्ने हुन्छ ।

४. रातको समयमा छुचुन्द्रोले तपाइको औँलाको माख्लो हिस्सा खान सक्छ । आफ्नो थुकद्वारा लट्ठ बनाएर तपाइको औँलाको मासु खाने हुँदा तपाइले केही पनि महसुस गर्नु हुँदैन ।

५. यदि छुचुन्द्रोले निकै असर पुर्याएको छ भने ‘एन्टी रेबिज इन्जेक्सन’ लगाउनुपर्छ । कुकुर, बिरालो, चमेरा, छुचुन्द्रो, बाघ या सिंहले टोकेको खण्डमा रेबिज विरुद्धको सुई लगाउनु पर्दछ । हाइड्रोफोबिया फैलाउने जीवजन्तु मध्ये छुचुन्द्रो पनि एक हो । यसैले सकभर छुचुन्द्रोलाई घरबाट भगाउँदा नै राम्रो रहन्छ ।

छुचुन्द्रो भगाउने उपायः

१. घरको हरेक कुनामा पिपरमेन्ट ल्याएर राखेको खण्डमा छुचुन्द्रोबाट मुक्ति पाउन सकिन्छ ।

२. पुदिनाको पात या पुदिनाको फूललाई कुटेर छुचुन्द्रो देखिने ठाउँहरूमा दलिदिने गर्दा पनि छुचुन्द्रो घरमा देखिने छैन ।

३. रातो खुर्सानीको धुलो छुचुन्द्रो देखिने ठाउँमा छर्किँदा पनि छुचुन्द्रोबाट मुक्ति मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्