रौतहटको सुगर मिल्स बन्द, किसान मर्कामा • Image Khabar Image Khabar


रौतहटको सुगर मिल्स बन्द, किसान मर्कामा


Imagekhabar
१२ श्रावण २०७७, सोमबार २०:४१

suger

रौतहट, साउन १२ । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ ।

मिल्स बन्द हुँदा रौतहटलगायत आसपास क्षेत्रका किसान मर्कामा परेका छन् । किसानको तिर्नुपर्ने बक्यौता रकम चुक्ता नगरी मिल्स बन्द गरीएको छ ।

उद्योग व्यवस्थापनले साउन ९ गतेको निर्णय भन्दै साउन ११ गते स्थायीरुपमा मिल्स बन्द गरेको जनाएको छ ।

घाटा व्यहोर्नुपरेको भन्दै मिल्स बन्द गरिएको हो ।

मिल्सले आर्थिक वर्ष २०७५/०७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ बढी घाटामा गएको जनाएको छ ।

घाटाको बहाना बनाउँदै मिल्स बन्द गरिएको भन्दै किसानले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्