न्युजिल्याण्डमा सत्तारुढ दलको बहुमत आउने अनुमान, मत सर्वेक्षणमा पनि सत्तारुढ दल नै अगाडि • Image Khabar Image Khabar


न्युजिल्याण्डमा सत्तारुढ दलको बहुमत आउने अनुमान, मत सर्वेक्षणमा पनि सत्तारुढ दल नै अगाडि


Imagekhabar
१२ श्रावण २०७७, सोमबार ०८:०६

न्युजिल्याण्डमा सत्तारुढ दलको बहुमत आउने अनुमान, मत सर्वेक्षणमा पनि सत्तारुढ दल नै अगाडि

काठमाडौं । न्युजिल्याण्डमा निर्वाचन पूर्व भएको मत सर्वेक्षणमा प्रधानमन्त्री जसिडा अर्डर्नरको पार्टी पुनः सत्तामा आउने देखिएको छ ।

आगामी सेप्टेम्बरमा हुने आम निर्वाचनको दौडमा विपक्षी दललाई पछि पार्दै प्रधानमन्त्री जसिडाको दल पुनः सत्तामा आउने मत सर्वेक्षणले देखाएको हो ।

सर्वेक्षणअनुसार प्रधानमन्त्री आर्डर्नरको दलको लोकप्रियतालाई ६० प्रतिशतले बढी रहेको बताइएको छ ।

जुन इतिहासकै सबैभन्दा बढी मत रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मुख्य विपक्षी नेशनल पार्टीको लोकप्रियता भने कमजोर भएको मत सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणअनुसार अब ग्रीस र राष्ट्रवादी न्युजिल्याण्ड फस्ट पार्टीसँग गठबन्धनमा रहेको लेबर पार्टीले संसदमा १२० मध्ये समान ७७ सीट जित्ने अनुमान गरिएको छ ।

जसका कारण लेबर पार्टीले कुनै गठबन्धनको साझेदारी विना नै सत्ता सम्हाल्न सक्ने बताइएको छ ।

सन् २०१७ मा अर्डरन सबैभन्दा कम उमेरमा प्रधानमन्त्रीेको जिम्मेवारी सम्हालेको भन्दै संसारभर चर्चा भएको थियो । उहाँ न्युजिल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुनुहुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्