सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव हुदैन : रक्षामन्त्री • Image Khabar Image Khabar


सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव हुदैन : रक्षामन्त्री


Imagekhabar
९ श्रावण २०७७, शुक्रबार १७:२६

सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव हुदैन : रक्षामन्त्री

काठमाडौं, साउन ९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव नहुने बताउनुभएको छ ।

लकडाउनको अवस्थामा समेत कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पर्याप्त तयारी हुन नसकेको र पर्याप्त सतर्कता बिना लकडाउन खोलिएको गुनासो बढिरहेको बेला पोखरेलले यस्तो बताउनु भएको हो ।

नागरिक सचेत नभए सरकारी आदेशले मात्र संक्रमणबाट बच्न नसकिने उहाँको तर्क छ ।

संक्रमणको प्रभाव घट्दै गए भदौं १ पछि शैक्षिक संस्थाहरु खोल्ने जानकारी पनि उहाँले दिनुभयो ।

सरकारले भदौ १ गतेदेखि आन्तरिक वाह्य उडान खोल्ने र विद्यालय भर्ना सुरु गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्