
सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशाला । फाइल तस्वीर ।
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन ९ । कैलालीमा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार कैलालीका आठजनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमा एक महिला र सात पुरुष छन् ।
टीकापुर नगरपालिका वडा नम्बर–४ का तीन पुरुष, टीकापुर–३ का दुई पुरुष र टीकापुर–१ का एक पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै, जानकी गाउँपालिका वडा नम्बर–३ का एक महिला र एक पुरुषमा समेत संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस प्रयोगशालामा पछिल्लो २४ घन्टामा १४९ जनाको कोरोना परीक्षण भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्