Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


पेट्रोलको मूल्य घट्यो


0
Shares

काठमाडौं, जेठ २२ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।

‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ ।

भारतीय आयल कर्पोरेसनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । रासस