तीनजना प्रहरीमा कोरोना, स्याङ्जा प्रहरी कार्यालय ‘सिल’ • Image Khabar Image Khabar


तीनजना प्रहरीमा कोरोना, स्याङ्जा प्रहरी कार्यालय ‘सिल’


Imagekhabar
८ श्रावण २०७७, बिहीबार १५:१८

तीनजना प्रहरीमा कोरोना, स्याङ्जा प्रहरी कार्यालय ‘सिल’

स्याङ्जा, साउन ८ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् तीनजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी कार्यालय स्याङ्जा ‘सिल’ गरिएको छ ।

कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले सर्वसाधारण तथा सेवाग्राहीको प्रवेशमा पूर्ण रोक लगाइएपनि नियमित काम भने नरोकिने प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिनुभएको छ ।

उहाँकाअनुसार कुनैपनि सेवाग्राहीले निवेदन तथा जाहेरी वा अन्य पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमहरु इमेल, फोनको प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्