डडेल्धुरामा आलु उत्पादन ४० प्रतिशतले बढ्यो • Image Khabar Image Khabar


डडेल्धुरामा आलु उत्पादन ४० प्रतिशतले बढ्यो


Imagekhabar
८ श्रावण २०७७, बिहीबार १२:३५

डडेल्धुरामा आलु उत्पादन ४० प्रतिशतले बढ्यो

डडेल्धुरा । डडेल्धुरामा आलु भण्डारणका लागि शित भण्डार स्थापना हुँदा कृषकहरु लाभान्वित भएका छन ।

जिल्लाको अमरगढी नगरपालिकामा स्थापना गरिएको उग्रतारा शित भण्डारणमा विभिन्न स्थानबाट संकलन गरिएको आलु राखिएको छ ।

१४ हजार पाँच सय क्वीन्टल आलु राख्ने क्षमता भएको शित भण्डारणले कृषकलाई सहजता भएको छ ।

जिल्लाको आठ सय हेक्टर आलु उत्पादन क्षेत्र रहे पनि विगतमा सय हेक्टरमा सिमित रहेको आलु

उत्पादन उन्नत बीउको सहज उपलब्धता बढेसँगै आलु खेतीतर्फ कृषक आकर्षित भएका हुन् । डडेल्धुरामा ४० प्रतिशतले आलु उत्पादन बढेको छ ।

प्रतिक्रिया दिनुहोस्