Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


रवि ओड र पुष्पा पौडेलको गीतमा पुष्पल र आँचलको दमदार डान्स(भिडियो)


0
Shares

काठमाडौँ ।  गायिका पुष्पा पौडेलको गीत दिलको फ्रेममा रिलिज भएको छोटो समयमा नै चर्चाको शिखरमा छ ।

दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक रवि ओडले पुष्पालाई गायनमा साथ दिएको गीतको म्यूजिक भिडियोको कारण पनि गीत अहिले सर्वसाधारण ओठ ओठमा झुण्डिन सफल भएको छ ।

देभल भण्डारीका शब्द शृजना समावेश छन् भने गीतमा दिपक शर्माको संगीत रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशन रहेको गीतमा पछिल्लो पुस्ताका चर्चित नायक पुष्पल खड्का र नायिका आँचल शर्माको गज्जब अभिनय रहेको छ ।

वैँशालु उमेरमा युवा युवतीहरु बिच हुने घोचपेच र माया प्रेमको विषयलाई आकर्षक शैलीले बनाइएको भिडियो सार्वजनिक गरिएको छोटो समयमा नै निकै रुचाइएको छ ।

रवि ओड स्वयमले पनि अभिनय गरेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको गीत ओएसआर डिजिटलबाट बजारमा आएको हो ।