१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


प्रधानमन्त्री निवासअगाडिबाट ३१ जना अधिकारकर्मी गिरफ्तार


0
Shares

काठमाडौं, असार ३० । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि धर्नामा बसेका ३१ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारको निर्णयहरु स्वतन्त्रताविरोधी र स्वेच्छाचारी भएको भन्दै मानवअधिकार तथा शान्ति समाजले शनिबार दिउँसो बालुवाटारमा धर्ना दिएको थियो ।

प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाइँ, महासचिव उत्तम पुडासैनीलगायत धर्नामा बसेका ३१ जना अधिकारकर्मीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रदर्शनकारीहरुले ‘सत्याग्रही भोकै छन् : नेपाली जनता रोएका छन्’, ‘ओली सरकारको उपहार : स्वतन्त्रतामाथि प्रहार’, ‘स्वतन्त्रताविरोधी निर्णय खारेज गर’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शान्ति समाजले आगामी सोमबार नयाँबानेश्वरस्थित संसद भवनअगाडि धर्ना दिने जनाएको छ ।

समाजले यसअघि असार २६ गते सिंहदरबारअगाडि धर्ना दिएको थियो ।