कोरोना महामारीसँग लड्न यूरोपेली राष्ट्रहरु सहमत, ७ सय ५० अर्ब यूरोको राहत प्याकेज • Image Khabar Image Khabar


कोरोना महामारीसँग लड्न यूरोपेली राष्ट्रहरु सहमत, ७ सय ५० अर्ब यूरोको राहत प्याकेज


Imagekhabar
७ श्रावण २०७७, बुधबार १२:३६

कोरोना महामारीसँग लड्न यूरोपेली राष्ट्रहरु सहमत, ७ सय ५० अर्ब यूरोको राहत प्याकेज

काठमाडौं । यूरोपेली यूनियनमा आबद्ध राष्ट्रहरुबीच कोरोना भाइरसको महामारीसँग लड्न सहमति भएको छ ।

चार दिनसम्म चलेको सम्मेलनमा भएको छलफलपछि इयूमा आबद्ध राष्ट्रहरुको सहयोगका लागि आर्थिक राहत प्याकेज सम्बन्धी विषयमा सहमति भएको हो ।

७ सय ५० अर्ब यूरोको उक्त राहत प्याकेज २७ देशलाई उपलब्ध गराइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो रकम महामारीको प्रभावबाट माथि उठ्नका लागि अनुदान तथा ऋण स्वरुप उपलब्ध गराइने छ ।

सम्मेलनका अध्यक्ष चाल्स मिशेलले यूरोपका लागि महत्वपूर्ण क्षण भएको बताउनुभयो । सहमतिअनुसार ३ सय ९० अर्ब यूरो महामारीबाट सबैभन्दा धेरै प्रभावित सदस्य राष्ट्रहरुलाई अनुदानका लागि प्रयोग गरिने छ ।

यसको फाइदा इटाली र स्पेनलाई पुग्ने बताइएको छ । यसका साथै ३ सय ६० अर्ब यूरो अन्य सदस्य राष्ट्रहरुलाई कम व्याजदरमा ऋणस्वरुप उपलब्ध गराइने जनाइएको छ ।

यद्यपी सहमति बमोजिमको उक्त आर्थिक प्याकेज यूरोपेली संसदबाट पास हुन बाँकी छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्