
काठमाडौं, असार ३० । काठमाडौंको लैनचौरस्थित नारायण मन्दिरमा शनिबार सामूहिक कन्यापूजा गरिएको छ ।
लैनचौर नारायण मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा १०८ जना कन्याहरुको सामूहिक पूजा गरिएको हो ।
नेवार समुदायहरुले कन्याहरुको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै यो पूजा गर्ने परम्परा रहिआएको छ ।
कन्यापूजाको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका थिए ।
प्रत्येक वर्ष लैनचौरको नारायण मन्दिरमा कन्यापूजाको आयोजना गरिँदै आएको आयोजक संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्