१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


भूकम्पको अफवाह फैलाएको आरोपमा पक्राउ


0
Shares

काठमाडौं, जेठ २१ । ‘भूकम्प आउँछ’ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौंको गौशालाबाट मंगलबार एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीकाअनुसार भोजपुरको जरायोटार घर भइ काठमाडौं, सिनामंगल बस्ने अर्जुनकुमार थापा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

यही ‘जेठ २९ गतेभित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ’ भनेर भविष्यवाणी गर्दै हिँडेकाले नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

उनले आफूलाई ‘ज्योतिषी हो’ भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पको भविष्यवाणी गर्दै हिँडेको बताइएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ मा विपद् घटना घट्ने भनेर अफवाह फैलाइ मानिसलाई डर, त्रास देखाउने क्रियाकलाप गरेमा रु एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था रहेको छ । रासस