
म्याग्दी । वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोले क्षति पुर्याएको छ ।
अन्नपुर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा आएको बाढीले एक होटल ,पुल र स्काभेटर बगाएको छ ।
त्यसैगरी एउटा बस र पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यता, कालीगण्डकी नदी र म्याग्दी नदीको बहाव बढेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने रुप्से झरनाको तल रहेको पुल बगाएको हो ।
जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीेले जनाएका छ ।
रुप्से झरनामा बाढी आएकोले कालीगण्डकी नदीमा पनि पानीको बहाब बढेकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।
बाढीले जलजला गाउँपालिका–२ मा पर्ने राम मन्दिरको भवन बगाएको छ ।
वाढीले दानामा निर्माणाधीन २ सय २० केभी क्षमताको सब स्टेशन र क्रशर उद्योग कटानको जोखिममा परेको छ ।
प्रतिक्रिया दिनुहोस्