२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भदौ १ गते देखि आन्तरिक र बाह्य उडानहरु सञ्चालन गर्ने सरकारको निर्णय


0
Shares

काठमाडौं । आगामी भदौ १ गतेदेखि हवाइ उडान खुल्ने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ । यसअघि सरकारले चैत्र ९ देखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक तर्फका उडान वन्द गरेको थियो ।