१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


विजयेश्वरीमा मूर्ति स्थापना


0
Shares

काठमाडौं, असार ३० । काठमाडौंको विजयेश्वरी मन्दिरस्थित बाह्रवर्षे महास्नानकुन्डमा बुद्ध, शिव, पार्वती, गणेशलगायतका मूर्ति स्थापना गरिएको छ ।

विजयेश्वरी बाह्रवर्षे महास्नान संरक्षण समाजले शनिबार एक कार्यक्रम गरी मन्दिर परिसरमा मूर्ति स्थापना गरेको हो ।

मन्दिर स्थापनाका लागि स्थानीय बासिन्दाबाट सहयोग संकलन गरिएको छ ।

यस्तै, कुमार, गंगा र ताराको मूर्ति पनि प्रतिस्थापन गरिएको छ । विभिन्न विधि र पाठवाचन गरी मूर्ति स्थापना गरिएको हो ।