कोरोनाविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको दाबी • Image Khabar Image Khabar


कोरोनाविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको दाबी


Imagekhabar
५ श्रावण २०७७, सोमबार २०:४८

coronavirus uk

काठमाडौं, साउन ५ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाभाइरसविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको दाबी गरेको छ ।

विश्वविद्यालयले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने संकेत पाइएको ‘बीबीसी’ले जनाएको छ ।

उक्त खोपको एक हजार ७७ मानिसमा परीक्षण गरिएको थियो ।

ती मानिसहरूमा दिइएको खोपका कारण उनीहरूमा ‘एन्टीबडी’ भनिने रोगसँग लड्ने क्षमता विकास भएको पाइएको छ । यसले श्वेत रक्त कोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ ।

यसले ठूलो आशा जगाएपनि यसलाई ठूलो समूहमा परीक्षण जारी राखिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्