तनहुँमा पहिरो जादा दुईजनाको मृत्यु • Image Khabar Image Khabar


तनहुँमा पहिरो जादा दुईजनाको मृत्यु


Imagekhabar
५ श्रावण २०७७, सोमबार १९:४६

तनहुँमा पहिरो जादा दुईजनाको मृत्यु

तनहुँ, साउन ५ । तनहुँमा अविरल वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भानु नगरपालिका–९ पुर्कोटका तिलमाया धौलारी र सोही ठाउँकी सीतास्मा धौलारी छन् ।

लगातार परेको वर्षाका कारण घरमाथिबाट खसेको पहिरोले पुरिदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिलमायाको घटनास्थलमै र सीतास्मा धौलारीको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्