२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पातलो पोशाक लगाएको तस्वीर एकाएक भाइरल हुँदा आपत


0
Shares

काठमाडौं । भडकिलो पोसाक लगाएर सार्वजनिक स्थलमा हिंडडुल गर्दा कस्तो समस्या ब्यहोर्नुपर्छ भन्ने उदाहरण हालै फिलिपिन्सकी एक युवतीको एक घटनाले पुष्टि गरेको छ ।

एकजना स्वतन्त्र महिला मोडलले सोमरसेट एमआरटि स्टेसनमा आफुले लगाएको पहिरनको कारण अप्ठायारो पर्न गएको प्रति सिंगापुरका जनतासंग क्षमायाचना नै गर्नुपरेको छ ।

एस्ली गार्सिया नामकी ति युवतीको तस्वीर उनको जानकारी र सहमति बिना एमआरटि स्टेसन स्थित पिओएसबी एटीएम नजिक उभिरहेको अवस्थामा खिचिएका थिए । ति तस्वीरहरु सामाजिक संजाल भाइरल बनेका थिए ।

पहिरनको आलोचना गरिहाल्नु पर्ने र ति महिलाले माफी नै माग्नुपर्ने स्थिति नभए पनि घट्नाले फरक मोड लिएकको थियो । सन् १९९९ मा फिलिपिन्समा जन्मिएकी १९ बर्षीया ति युवती स्वतन्त्र मोडल हुन ।

कतिपय मानिसले भने उनको पहिरन अत्यन्तै छोटो, पातलो र खुल्ला भन्दै आपत्ति जनाएका थिए । कतिपयले भने तस्वीरमा आपत्ति जनाउनु पर्ने नभएपनि तस्वीर खिचेर फेसबुकमा राख्ने काम सही नभएको प्रतिक्रिया दिएका छन् ।

चिनियाँ दैनिक पत्रिका ‘लियान्हे वान्वाओ’ले समेत व्रा नलगाएकी युवतीलाई सबैले हेरिरहेको समेत महशुस नभएको भन्दै तस्वीर सहित समाचार बनाउन भ्याएको छ ।

गार्सियाले आफ्नो फेसबुक पेजमा लेखेकी छन् ,‘ मेरो पहिरन भडकिलो र मैले अंग प्रदर्शन खोजेको जस्तो तपाईंहरुलाई लाग्छ भने म त्यसका लागि क्षमा माग्दछुं । तर मैले टपभित्र पनि निप्पल टेल लगाएकी छु । म तपाईंहरुको सम्मान गर्दछुं तर तपाईंहरुले पनि अर्काको व्यक्तिगत प्रसंग उठाउनु भएको जस्तो पनि लाग्दछ ।’(एजेन्सी)