Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पाकिस्तानले दियो आयोजक इंग्ल्यान्डलाई ३४९ रनको चुनौती


0
Shares

काठमाडौं, जेठ २० । इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सबैभन्दा उच्च योगफल बनाएको छ ।

नटिङ्घममा जारी छैटौं खेलमा पाकिस्तानले आयोजक इंग्ल्यान्डविरुद्ध ८ विकेटको क्षतिमा ३४८ रन बनायो ।

यो योगफल जारी विश्वकपको सबैभन्दा उच्च हो । त्यसैगरी, विश्वकपको इतिहासमै दोस्रो उच्च योगफल हो ।

पाकिस्तानका लागि मोहम्मद हाफिजले ८४, बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ तथा फखर जमानले ३६ रन बनाए ।

इंग्ल्यान्डका मोइन अलीले १० ओभर बलिङ गर्दै ५० रन खर्चेर ३ विकेट लिए । यस्तै, क्रिस वक्सले ८ ओभरमा ७१ रन दिएर ३ विकेट झारे । मार्क वुडले १० ओभरमा ५३ रन दिँदै २ विकेट हात पारे ।

दुवै टिमले दोस्रो खेल खेलिरहेका हुन् ।

यसअघि, पहिलो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनले हराएको थियो । पाकिस्तान वेस्ट इन्डिजसित ७ विकेटले पराजित भएको थियो ।

इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ ।