
-प्रकाश लिम्बु/ईमेज
तेह्रथुम । वर्षातको कारण तेह्रथुमको शुक्रबारे र धनकुटाको सिधुवा जोड्ने सडक हिलाम्मे हुँदा सवारीसाधन चल्न सकेका छैनन् ।
संघ, प्रदेश र स्थानीय सरकारले सडक निर्माणका लागि अर्बौं रुपैंयाँ खर्च गर्दा पनि सबै खर्च बालुवामा पानी झैं भएको छ ।
गाउँदेखि बजारका केन्द्रहरु जोड्ने यस्ता सडकमा सवारी साधनहरु संचालन हुन नसक्दा बर्षेनी सर्वसाधरणले सास्ती भोग्दै आउनु परेको छ ।
हिउँदमा धुँलो र बर्षातको समयमा सडक हिलाम्मे हुने नियतिले सर्वसाधरणले सास्ती खेप्नु परेको हो ।
तिन दशक अघी खोलिएको ट्रयाक सिधुवा–शुक्रबारे ९ किलोमिटर सडकमा अहिले एम्बुलेन्स समेत चल्न नसक्दा बिरामी लैजान लानलाई नै समस्या पर्दे आएको छ ।
जिल्लाको पश्चिमी क्षेत्र छथर गाउँपालिकाको मुख्य सडकमा अत्याबश्यक सवारीका साधान समेत संचालनमा आउन सकेका छैनन् ।
बिरामी हुँदा उपचारका लागी सदरमुकाम तथा जिल्ला बाहिर जान कठीनाइ भएकोे छ ।
सडक अवरुद्ध भएपछी यहाँका किसानले उत्पादन गरेको दुध,फलफुल तथा कृषीजन्य सामाग्री ढुवानीमा समस्या हुँदा करोडौ रुपैयाँ गुमाउनु परेको छ ।
सडक हिलाम्मे हुँदा यहाँका बासीन्दाले दोहोरो सास्ती खेप्नु परेको छ । बर्षासंगै सडक हिलाम्मे हुँदा यो सडकमा अहिले मोटरसाईकल समेत संचालनमा आउन मुस्कील भएको छ ।
प्रतिक्रिया दिनुहोस्