मौद्रिक नीतिप्रति निजी क्षेत्र र बैंकिङ क्षेत्र उत्साहित • Image Khabar Image Khabar


मौद्रिक नीतिप्रति निजी क्षेत्र र बैंकिङ क्षेत्र उत्साहित


Imagekhabar
२ श्रावण २०७७, शुक्रबार २०:०९

मौद्रिक नीतिप्रति निजी क्षेत्र र बैंकिङ क्षेत्र उत्साहित

काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति प्रति नीजि क्षेत्र र बैंकिङ क्षेत्र उत्साहित देखिएको छ ।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले कोभिडका समयमा आएको मौद्रिक नीतिले बैकिङ क्षेत्र सन्तुष्ट रहेको बताउनुभयो ।

यस्तै राष्ट्र बैंकले कर्जाको प्रकृती अनुसार कर्जाको पुर्नतालिकिकरणको व्यवस्था पनि मौद्रिक नीतिमा गरेको छ ।

कर्जाको प्रकृती अनुसार आगामी पौष मसान्त तथा आगामी असार मसान्त सम्म तिर्न सक्ने व्यवस्थाले गर्दा नीजि क्षेत्र पनि उत्साहित भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा शेयर धितो कर्जामा बृद्धि, कर्जाको पुर्नतालिकिकरण, सिसिडि रेसियो बृद्धि लगायतका व्यवस्थाबाट आफुहरु उत्साहित भएको बताउनुहुन्छ ।

मौद्रिक नीति सन्तोषजनक आएपनि कार्यान्वयनको पक्ष र कार्यविधिमै भरपर्ने पनि उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्