
काठमाडौं । गायिका तथा रेडियोकर्मी सुष्मा राईको स्वर तथा शब्द रहेको गीत ‘सुन माया’को भिडियो सार्वजनिक भएको छ ।
मायाप्रेमबाट भाग्ने साथीलाई माया बुझाउने प्रयास स्वरुप गीतको भिडियो तयार भएको छ ।
साथीहरुबीचको रमाइलो र बैंशालु उमेरमा हुने चंचलेपना भिडियोमा देख्न पाइन्छ ।
भिडियोमा रुकमान लिम्बु र गायिका सुष्मा स्वयम देखिएका छन् । कल्याण सिंहको कम्पोजिसन रहेको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।
ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत नेपाली लोकलय पुर्वेली साकेलाबाट प्रभावित रहेको छ भने गीतमा प्रेमको भाव व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्