नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो • Image Khabar Image Khabar


नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो


Imagekhabar
२ श्रावण २०७७, शुक्रबार १६:४९

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं, साउन २ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

मुटुका रोगी उनको स्वास्थ्यमा समस्या देखिएपछि असार ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ४ सय ४५ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६६ दशमलव एक दुई प्रतिशत हुन् ।

पछिल्लो २४घण्टामा ४ हजार ६ सय ८८ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।

हाल २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ५ हजार ८ सय ७१ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्