Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


मैत्रीपूर्ण फुटबल खेलमा नेपाललाई मलेसियाले हरायो


0
Shares

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाललाई मलेसियाले हराएको छ ।

गएराती मलेसियाको बुकिट जलिलमा भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई २–० ले हरायो ।

खेलमा मलेसियालाई जित दिलाउन सफावी राशिद र साहरुल सादले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमै रासिदले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिए । ८२ औं मिनेटमा सादले गोल थप्दै मलेसियाको जित पक्का गरे ।

विश्वकप छनोटको तयारी स्वरुप नेपालले मलेसियासंग मैत्रीपूर्ण खेल खेलेको हो ।

मलेसियासँगको खेलपछि नेपालले अब बिहिवार चाइनिज ताइपेसंग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका लागि नेपाली टोली आज क्वालालम्पुरबाट त्यसतर्फ लाग्दै छ ।