२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


खेलकुद परिषद् सदस्यसचिवका लागि २७ जनाको आवेदन


0
Shares

काठमाडौं, साउन १ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि २७ जनाको आवेदन परेको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सदस्यसचिव सिफारिस समितिले एक हप्ताको समय दिएर गत शुक्रबार दरखास्त आह्वान गरेको थियो ।

थपलियाले २७ जनाको सिफारिस परेको जानकारी दिनुभयो । समितिले संघीय संरचना अनुसार खेलकुद सञ्चालन र व्यवस्थापनको नेतृत्व लिन सक्ने अवधारणाको पक्षलाई आधार मान्दै सम्भावित सदस्यसचिवको नाम छनोट गर्नेछ ।

थपलियाले परेका आवदेनलाई गहन अध्ययन र छलफल गरी छिट्टै एक महिलासहित तीन जनाको नाम सिफारिस गर्ने बताउनुभयो ।

सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद्को बैठकले चार वर्षका लागि खेलकुद परिषद्को सदस्यसचिव नियुक्त गर्नेछ । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १८ गतेदेखि कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्यसचिव छनोट भइरहेको हो ।

परिषद्को सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित खेलकुद महासंघका नेता मेघराज पौडेल र लिलबहादुर थापामगर लगायतको आवेदन परेको छ ।

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटका सिलवाल, पौडेल र थापामगरबीच नै टक्कर पर्ने स्रोतको दावी छ ।

आवेदन दिने अन्यमा रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, रवि राजकर्णिकार, अचुतम लामिछाने, निलम सिंह बज्राचार्य, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, मनबहादुर गुरुङ, विजयकुमार राई, सानुराजा केसी र किशोर शाही रहेका छन् ।

त्यस्तै अन्जु श्रेष्ठ, सुदिल शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनिल नकर्मी, रणबहादुर चन्द, दिपेन्द्र ढकाल र तेजबहादुर गुरुङ रहेका छन् ।