Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


शेयर बजार दोहोरो अंकले घट्यो


0
Shares

काठमाडौं, जेठ ११ । साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अंकमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ ।

स्टकका अनुसार कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा होटल १२.६१ र उत्पादन १०.११ बिन्दुले बढेको छ । 

त्यस्तै बैंकिङ १३.७७, विकास बैंक १.२८, जलविद्युत् २२.२८, वित्त २.४८, निर्जीवन बीमा ४२.८३, अन्य १२.४०, लघुवित्त १८.०८, जीवन बीमा ५९.३७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ । 

स्टकका अनुसार आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको १३ करोड दुई लाख ५९ हजार ९५४ मूल्यमा खरीद बिक्री भए । यस्तै शिवम् सिमेन्टको रु नौ करोड ३७ लाख ६६ हजार १२८, नेपाल बैंक लिमिटेड रु चार करोड ४४ लाख ३० हजार ७१८, प्रभु बैंक रु चार करोड २५ लाख ६९ हजार ६६५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ४४ लाख ३७ हजार ३५४ र एनआइसी एसिया बैंक रु दुई करोड ३९ लाख ४७ लाख ७७१ मूल्यमा खरीद बिक्री भइ शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार कन्काइ विकास बैंकका शेयरधनीले आज ९.८८ प्रतिशतले कमाए । तारागाउँ रिजेन्सी होटेल ९.८०, माउण्टेन हाइड्रोपावर ५.७७, युनिभर्सल पावर कम्पनी ५.२६, गुडबिल फाइनान्स कम्पनीका शेयरधनीले ३.२० प्रतिशतले कमाएका छन् । 

त्यस्तै पाँचथर पावर कम्पनी ९.८१, ग्रीन डेभलपमेन्ट बैंक ८.८७, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ५.०, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी ४.५४, स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.५२ प्रतिशतले गुमाए । (रासस)

Skip This