
काठमाडौं । इरानको बुशेहर बन्दगाहमा रहेका सातवटा पानीजहाजमा आगलागी भएको छ ।
पानीजहामा लागेको आगो लामो समयपछी नियन्त्रणमा लिइएको थियो ।
आगलागीको यो पछिल्लो घटनालाई इरान सरकारले रहस्यमय श्रृंखलाको रुपमा लिएको छ ।
इरानमा पछिल्लो समय बन्दरगाह, उर्जा केन्द्र, क्षेप्यास्त्र पणाली र परमाणु केन्द्रमा रहस्यमय तबरले आगलागी भइरहेको छ ।
अमेरिका र इजरायल मिलेर तयार पारेको कम्प्युटर भाइरसको माध्यबाट आगलागी गराइएको आशंका ईरानले गरेको छ ।
आगलागीका श्रृखलाबद्ध घटना भबितब्य मात्रै हुन नसक्ने भन्दै इरानले घटनाको पछाडी लुकेकाहरुलाई गतिलो जवाफ दिने चेतावनी समेत दिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्