३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


काठे पुल भत्किँदा बेपत्ता भएका दुबै बालिकाको शव फेला


0
Shares

बझाङ, असार ३० । बझाङको सुर्मा गाउँपालिकामा शुक्रबार स्कुलबाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्किँदा बेपत्ता भएका दुबै बालिकाको शव फेला परेको छ ।

सुर्मा गाउँपालिका २ की ८ बर्षिया रिनु बोहरा र १४ बर्षिया विमला बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आधाबगर माध्यमिक विद्यालयमा अध्यनरत बालिका शुक्रबार स्कुलको छुट्टी भएर घर फर्कने क्रममा बाउली खोलाको डोगडीमा रहेको काठेपुल भत्किएर बेपत्ता भएका थिए ।

बेपत्ता रिनु बोहराको शव शुक्रबार राती र विमलाको शव शनिबार विहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव बेपत्ता भएको ठाउँबाट झण्डै ४ किलो मिटर तल भेटिएको हो ।