
-केदार कटुवाल/ईमेज
उदयपुर । उदयपुरमा विभिन्न समयमा बनेका मौलिक ,पुराना र प्यागोडा शैलीका घरहरु मासिने क्रम बढ्दो छ ।
टायल, खपडा र जस्तापाताका छाना भएका काठका घर भत्काउदै पक्की कंक्रिट घर बन्न थालेपछि आफ्नै मौलिकतामा बनेका काठका घर लोप हुन थालेको हो ।
उदयपुरका प्रमुख बजारका रुपमा रहेका गाइघाट, बेलटार ,कटारी र रामपुरक्षेत्रमा १० प्रतिशत मात्र काठका मौलिक र परम्परागत घर बाँकी रहेका छन ।
सबै बजार क्षेत्रमा फ्लाइट, बंगला र ब्यवसायिक घर बनाउने होड चलेको छ ।
बजार क्षेत्रमा पाँचबर्ष अघिसम्म काठका ९० प्रतिशत भन्दा बढी घर थिए । बजार क्षेत्रमा मात्र होइन गाउँमा समेत पक्की घर बनाउने लहड चलेको छ ।
वातावरणीय रुपमा अनुकुल मानिने काठका घर हिजो आज बिरलै रहेका छन् ।
बनेका आरसीसी पक्की घर पनि मापदण्ड अनुरूप छैनन् । नगरपालिकाबाट बाटो तथा घर नक्सा पास गरेर, निर्माण हुनु पर्ने, घर बनाइसके पछि मात्र बैंकिङ प्रयोजनका लागि नगरपालिकाबाट घर नक्सा पास गर्ने प्रचलन यहाँका ४ वटै नगरपालिकामा रहेको छ ।
कम क्षेत्रफलमा घर बनाइनु आवश्यक्ता भन्दा बढि तला थपिनुले उदयपरका शहरी क्षेत्र जोखिमपुर्ण बन्दै गएको प्राबिधिकहरु बताउँछन ।
प्रतिक्रिया दिनुहोस्